काठमाडौं । एसीसी एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको पाल्लेकेले रंगशालामा भइरहेको खेलमा नेपालले ४८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २३० रन बनाए ।

नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बल खलेका उनले ८ चौका प्रहार गरे । योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन् ।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रनको योगदान गरे । सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे ।

नेपालका गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए ।

त्यस्तै मोहमद शामी र हार्दीक पाड्याले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । यता भारतको लक्ष्य पनि सोही हुनेछ ।