काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ अर्बपति एवं ई-कमर्स कम्पनी अलिबाबाका मालिका ज्याक मा काठमाडौंबाट पाकिस्तानको लाहौर प्रस्थान गरेका छन् ।

उनी चढेर आएको चार्टर्ड विमानमार्फत बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

ज्याक मा मंगलबार बंगलादेशको ढाका हुँदै नेपाल आएका थिए । नेपाल बसाइका दौरान उनी बौद्ध, भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमासमेत पुगेका थिए । तीन दिन नेपाल भ्रमण सकेर उनी फिर्ता भएका हुन् । नेपाल बसाइका क्रममा उनले क-कसलाई भेटे भन्ने खुलेको छैन । साथै नेपाल आउनुको कारण पनि खुलेको छैन ।

स्रोतकाअनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न चाहेका थिए । तर उनको उक्त चाहन भने पुरा भएन ।