काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको सचिव पदमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान खड्का सचिव पदमा निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए ।

सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।