काठमाडौं । नेपालका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
(क्यान)को आजदेखि काठमाडौंमा सुरु भएको साधारणसभामा उनले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी बागमती प्रदेशका अध्यक्षसमेत हुन् ।
बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।