काठमाडौं । काठमाडौंको गौशालामा एक स्वास्थ्य संस्थाका सञ्चालकमाथि छुरा प्रहार भएको छ । गौशलास्थित पीके डायग्नोसिस सेन्टरका सञ्चालक साविर हुसेनमाथि छुरा प्रहार भएको हो ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान पेस्तोल र एक थान गोलीसमेत बरामद गरेको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेबेले जानकारी दिए ।

घाइते हुसनेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

हुसेनमाथि छुरा प्रहार गर्ने व्यक्ति भने फरार छन् । प्रहरीले उनलाई खोजिरहेको जनाएको छ । हुसेनले सञ्चालन गरेको पीके डायग्नोसिस सेन्टरले विदेश जानेहरुको स्वास्थ्य परीक्षण गर्दै आएको जनाइएको छ ।

डीएसपी थेबेले भने, ‘हुसेनले विदेश जाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने संस्था चलाउँदै आएका थिए । यसैसँग सम्बन्धित विवादले यो घटना भएको हुन सक्छ ।’