काठमाडौँ । प्रहरीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ

१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । उनका अनुसार पक्राउ पर्नेमा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ छन् ।

उनीहरुले सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो । यसअघि गत महिना रसुवाबाट २ किलो बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।