काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । शेखले भारतविरुद्ध अर्धशतक पूरा गरे । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपालले भारतलाई कडा प्रतिस्पर्धा गरिरहेको छ । छैटौँ विकेटका लागि मैदानमा दीपेन्द्र सिंह ऐरी आएका छन् ।

आसिफले गत फागुनमा क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्ध सानदार इनिङ्स खेल्दै शतक पूरा गरेका गरेका थिए । आसिफले १ सय १ बलमा शतक पूरा गरेका हुन् ।

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए ।

नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।