काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ्ग नि:शुल्क गरिएको जानकारी गराइन्छ ।’

उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।