काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा ९ तथा डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएका कारण स्वचालित प्रणालीअनुसार बढाइएको आयल निगमले जनाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०.५०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०.५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छ । काठमाडौंका उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ तिर्नु पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढी पर्छन् । तेस्रो वर्गमा तराई मधेसका जिल्लाहरु पर्छन् ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार ६ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ।