काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घलेको सेवा सदनको संचरनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

उक्त सदनको संरचना सार्वजनिक जग्गा भित्र पर्ने भन्दै महानगरले नगर प्रहरी परिचालन गरी डोजर चलाएको हो ।

डोजरसहित पुगेको नगर प्रहरीले सदनको संरचना भत्काइदिएको छ । यसअघि महानगरले तीन दिनभित्र भवन खाली गराउन निर्देशन दिएको थियो । महानगरले दिएको अल्टिमेटमभित्र भवन खाली नभएपछि भत्काइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जनाए ।

बालगृह, शिक्षा सदन, भद्र संग्रहालयलगायतका संस्था उक्त भवनमा सञ्चालनमा थिए । सेवा सदनले भने आफूले प्रयोग गरिरहेको जग्गा सार्वजनिक नभएको दाबी गर्दै आएको छ । नापीमा छुटेको दाबी गर्दै सेवा सदनले संरचना हटाउन अस्वीकार गर्दै आएको थियो ।

उक्त आश्रममा रहेकाहरुलाई मानव सेवा आश्रममा पठाइने नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।