काठमाडौं । एसियन गेम्सको महिला फुटबलमा नेपालको राष्ट्रिय महिला टिम भियतनामसँग पराजित भएको छ ।

शुक्रबार समूह डीको खेलमा नेपाली महिला टिम भियतनामसँग २–० ले पराजित बनेको हो ।

खेलको ५३ औं मिनेटमा फाम हाइको गोलमार्फत भियतनामले खेलमा अग्रता बनाएको थियो । गुयेनले ६४ औं मिनेटमा गोल गर्दै भियतनामलाई २-० को जित दिलाईन् ।

जित सहित समूह डीमा भियतनामले ३ अंक जोडेको छ । नेपालले समूह चरणमा जापान र बंगलादेशसँग खेल्नेछ ।

अर्को खेल सोमबार जापानसँग दोस्रो खेल खेल्नेछ ।