काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । १२ असार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियामवली स्वीकृत गरेको शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइलेभलको पोल्टिकल फोरम एन्ड सस्टेनेबल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।
त्यस्तै २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एन्ड ग्लोवल एक्सन डेभलपमेन्ट सहभागी हुन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
रास्कोट नगरपालिका नडा नम्बर ६ कालीकोट, नरहरिनाथ गाउँपालिका वडा नम्बर २ कालीकोट, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बाँके, रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा, सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
आगामी साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेट्सको अबुधाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आईएसए क्षेत्रिय समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ ।