काठमाडौं । सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको छ ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा छन् ।

राजस्व अनुसन्धान विभागले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर ल्याएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम छ ।