काठमाडौं । स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई सजिलै ५-१ ले पराजित गर्यो ।
अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
शनिबार भएको प्रतियोगिताको पहिलो नकआउट खेलमा स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् ।
अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थपे । स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन ।
यस्तै, दुई पूर्व विजेताको भिडन्तमा जापानले नर्वेमाथि ३-१ को सानदार जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो ।
शनिबार भएको खेलमा प्रि क्वाटरफाइनलमा गुरो रेटेनले नर्वेका लागि बराबरी गोल फर्काए । त्यससँगै पहिलो हाफ बराबरीमा टुंगेको थियो । त्यसपछि जापानका लागि सिमिजु र मियाजावाले गोल गरेका हुन् ।
उनीहरूको गोल क्रमशः दोस्रो हाफको ५० र ८१ औं मिनेटमा सम्भव भएको थियो । अब जापानले अर्को चरण प्रवेशका लागि अमेरिका र स्वीडेनबीच हुने अर्को क्वाटरफाइनलको विजेताको सामना गर्नेछ ।