काठमाडौँ । चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सोमबार प्रधानमन्त्रीसँग चिनियाँ राजदूतले भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा गत शुक्रबार गएको भूकम्प र अन्य समसामयिक विषयमा छलफल भएको छ ।
भूकम्पपछि चीनले नेपाललाई १० करोड बराबरको सहायता प्रदान गर्ने घोषणा गरेको छ । यद्यपि उक्त सहायता नेपाल आइपुग्ने केही समय लाग्ने बताइएको छ ।