जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा एक भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको छ । ५० भन्दाबढी घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार उद्धार कार्य जारी छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ ।
पाँचतले भवनमा भएको आगलागीको कारण भने पत्ता लागिसकेको छैन । यस घटनालाई जोहानेसबर्गको इतिहासकै सबैभन्दा ठूलो आगलागीका घटनामध्ये एक मानिएको छ । पुरानो भएकाले उक्त भवन उपयोग गर्न लायक नभएको ठहर गरिएको थियो ।
तर घर जग्गाको कारोबार गर्ने गिरोहले उक्त भवन आप्रवासीलाई भाडामा दिएका थिए । अधिकांश यस्ता भवनमा पानी र बिजुलीको सुविधा नहुँदा अवैध रुपमा तारहरु जडान गरी बिजुलीको आपूर्ति गरिन्छ । जसबाट आगलागी हुने सम्भावना बढी हुने विज्ञहरुको भनाइ छ ।