काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सेप्टेम्बर १६ मा अमेरिका भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री दाहालको अमेरिका भ्रमणको तालिका सार्वजनिक गरिएको छ । तालिकाअनुसार प्रधानमन्त्री दाहालले २१ तारिखमा संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्नेछन् । यस्तै भ्रमणका दौरान दाहाल एलडीसी चेम्बरको बैठकमा पनि सहभागी हुनेछन् ।

२१ तारिखको बेलुका अमेरिकाबाटै प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाने तालिका रहेको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ । चीनमा दाहालले २३ देखि २५ तारिखसम्म बेइजिङमा भेटघाट गर्ने कार्यक्रम छ ।

चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल सेप्टेम्बर २५ तारिखमा काठमाडौं फर्किनेछन् ।