काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायालाई चिनो’ बोलको रोमान्टिक गीतमा बाबुल गिरीको स्वर र संगीत छ । शंकर अधिकारी ‘घायल’को शब्द रचना गीतमा समावेश छ।
गीतमा फिल्मका मुख्य अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापा फिचर्ड छन् । फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ । राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्मातामा सुहाना थापा छिन् ।
यही भदौ २९ गते प्रदर्शनमा आउन लागेको फिल्ममा अनुराग कुँवर, कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धिरज ठाकुर, सुरेन्द्र राय, गङ्गाकान्त झालगायतको अभिनय छ ।