गोरखा । गोरखामा शनिबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए । बस चालक गोरखा नगरपालिका–९ का रेशम गुरुङ र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पैदलयात्री नारेश्वरका ७४ बर्षीय भुवनबहादुर थापा र ५० बर्षीय भोजराज ढकाल पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ ।
ट्याक्टर चालक थापा र ट्याक्टरमा सवार यादव भने गोरखा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार वालुवा बोकेर गोरखा सदरमुकामबाट नारेश्वर जाँदै गरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टरको अगाडीको दुईवटै टायर पड्किएर अनियन्त्रित भइ सडकको नालामा पल्टिएको थियो ।