काठमाडौं, ४ असार । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु हुने प्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका लागि रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई राहत सहयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
त्यसैगरी, बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।