काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको खेलमा दक्षिण कोरियाले नेपालाई २५–२१, २५–१४ र २५–११ अंकले पराजित गरेको हो ।
नेपाल यसअघि शनिबार भियतनामसँग ३–० सेटले पराजित भएको थियो । ‘समूह सी’मा नेपालसँगै भियतनाम र दक्षिण कोरिया छन् । पुरुष भलिबलमा नेपाल यसअघि नै पराजित भएर स्वदेश फर्किसकेको छ ।