काठमाडौं । महिला विश्वकप फुटबलमा फिलिपिन्ससँग आयोजक न्युजिल्यान्ड स्तब्ध भएको छ ।

मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १-० ले हराएको हो । फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन् ।

जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठूलो भएको बताए ।

विश्वकपमा फिलिपिन्सको पहिलो जित हो । जितसहित फिलिपिन्सले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा फिलिपिन्स स्विटजरल्याण्डसँग २-० ले पराजित भएको थियो ।

जितपछि फिलिपिन्सले समूह एको खेलमा तीन अंक जोडेको छ । शीर्ष स्थानको स्विटजरल्याण्ठको ४, न्युजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक भएको छ । नर्वे १ अंक सहित तालिकाको पुछारमा छ ।