काठमाडौं । अभिनेता दयाहाङ राई र मिस नेपाल निकिता चाण्डक पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् ।
निर्देशक दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा उनीहरुले सँगै काम गर्न लागेका हुन् ।
पुलिस थ्रिलर कथामा बन्न लागेको फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ । ‘साङ्लो´ बाट अभिनयमा डेब्यु गरेकी निकिताको यो दोस्रो फिल्म हो ।
‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले यो फिल्मको निर्माण गर्नेछन् ।
फिल्ममा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको पनि अभिनय रहनेछ ।
निकिता सन् २०१७ की मिस नेपाल हुन् । निर्देशक रौनियारले यसअघि ‘हाईवे’ तथा ‘ह्वाइट सन’ को निर्देशन गरिसकेका छन् ।
रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए । यस्तै, यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचीमासमेत राखेको थियो ।