काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले असोज २६ गतेदेखि हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ ।
पश्चिम एसियामा बढेको तनावका कारण महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासचिव गुटेरेसको २६ गतेदेखि हुने भनिएको भ्रमण स्थगित भएको र अनुकूलताका आधारमा नयाँ मिति तय गरिने जानकारी दिइन् ।
इजरायल र प्यालेस्टिनी समूह हमासबीचको युद्धका कारण गुटेरेसको भ्रमण रोकिएको हो । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गुटेरेसलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए ।