विराटनगर । कोशी प्रदेश सभाको बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
कोशी प्रदेश सभाको सत्ता रूढ दल नेकपा एमालेको आग्रहमा भोलि ११ बजे सम्मका लागि स्थगित गरिएको हो ।
सभामुख र संसद् सचिवालयसँगको छलफल पछि ११ बजे सम्मका लागि संसद् स्थगित भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । आधा घण्टाका लागि भनेर साँढे ६ बजे संसद् स्थगित भएको थियो।
विश्वासको मत लिने क्रममा दलका नेताहरूले बोलेका विषयमा जवाफ दिन आवश्यक पर्ने तथ्याङ्क लिन भन्दै संसद् सचिवालयबाट निस्किएका मुख्यमन्त्री हिक्मत कार्की नर्फीकिएपछि विशेष कारणवश साँझ ८ बजे बैठक बस्ने सूचना टाँस सचिवालयले गरेको थियो ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।
प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।