ब्रिसवेन । युरोपेली च्याम्पियन इंग्ल्यान्डले फिफा महिला विश्वकपमा शनिबार विजयी सुरुवात लिएको छ ।
तर समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले हाइटीलाई हराउन १-० ले हराउन संघर्ष गर्नु पर्यो ।
प्रतियोगितामा डेब्यु गरिरहेको हाइटीको प्रदर्शन उत्कृष्ट रह्यो र इंग्ल्यान्डलाई साँघुरो जितमै सीमित राख्यो ।
खेलको एक मात्र गोल २९ औं मिनेटमा जर्जिया स्टानवेले गरिन् ।
पेनाल्टीबाट सम्भव यो गोल नै अन्ततः निर्णायक सावित भयो । यो जितपछि इंग्ल्यान्डले आफ्नो समूहमा सुरुआती अग्रता लिएको छ ।