दोलखा । निर्माणाधीन खिम्ती- जलविद्युत आयोजनाका एक प्रावाधिक खोलामा खसेर बेपत्ता भएका छन् ।

शुक्रबार हेडवर्क्समा काम गर्ने क्रममा बोक्सेको भीरबाट चिप्लिएर खिम्ती खोलामा खस्दा जिरी नगरपालिका- ४ का कुशल कार्की बेपत्ता भएका हुन् ।

४८ दशमलव ८० मेगावाट क्षमताको आयोजनामा सब ओभरसियरको रुपमा कार्यरत उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

निरन्तरको वर्षाका कारण खिम्ती खोलाको बहाव अत्यधिक बढ्दा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उक्त आयोजना दोलखा र रामेछापको सीमा रहेको खिम्ती खोलामा निर्माणाधीन छ ।