काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगमा १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।
थापाल बुधबार सामाजिक सञ्जालमार्फत आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् । आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताएका छन् ।
‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’ थापाले फेसबुकमा भनेका छन् ।
थापाले सार्वजनिक गरेको खर्च विवरण यस्तो छ :