काठमाडौं । सहकारी पीडितहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल पनि भएको थियो ।
बानेश्वरस्थित एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको छ ।
निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।
फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्।