काठमाडौं । वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ ।
वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा ती म्यानपावर कम्पनी निलम्बनमा परेका हुन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ। त्यसअनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।
यस कार्यमा अन्य संस्थासमेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेकोसमेत विभागले जनाएको छ ।
जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेस भएको विभागको भनाइ छ ।