काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले विकेटले हराएको छ । अहमदाबादमा टस जितेर पहिले फिल्डिङ गरेको भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो ।

१९२ रनको लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा ३ जम्मा तीन विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६ रनको पारि खेले । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै श्रेयस अय्यरले नट आउट ५२ रन बनाए । विराट कोहली र शुभमन गिल १६/१६ रनमा आउट भए । केएल राहुलले १९ रन बनाए ।

पाकिस्तनका लागि शाहीन शाह अफ्रिदीले २ विकेट लिए । यस्तै हसन अलिले १ विकेट लिए । यसअघि पाकिस्तानका लागि बाबर आजमले ५० रन र मोहमद रिजवानले ४९ रन बनाएका थिए ।

इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर स्कोर बनाउन सकेनन् ।

भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.