NEWS Archives - click here for news and your latest product/software discount https://globalhuff.com/category/news/ we share the latest informationand update all about world's health and wealth and world's latest products news Mon, 06 Nov 2023 16:25:15 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.5.3 राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख पुरस्कार दिने क्यानको घोषणा https://globalhuff.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%88/ https://globalhuff.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%88/#respond Mon, 06 Nov 2023 16:23:26 +0000 https://globalhuff.com/?p=4913 काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट […]

The post राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख पुरस्कार दिने क्यानको घोषणा appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताए ।

The post राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख पुरस्कार दिने क्यानको घोषणा appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%88/feed/ 0
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन https://globalhuff.com/%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%a4%e0%a4%be/ https://globalhuff.com/%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%a4%e0%a4%be/#respond Mon, 06 Nov 2023 16:12:48 +0000 https://globalhuff.com/?p=4908 काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो । […]

The post गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो । कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले निर्देशन दिएका थिए ।

यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।

चालु आर्थिक बर्षको बजेटमा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने उल्लेख थियो । बजेट वक्तव्य को १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए ।

The post गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%a4%e0%a4%be/feed/ 0
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या एक सय ५७ पुग्यो https://globalhuff.com/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ https://globalhuff.com/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/#respond Sat, 04 Nov 2023 16:38:53 +0000 https://globalhuff.com/?p=4885 काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी ३७५ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ । जाजरकोटमा मृत्यु हुनेको संख्या एक सय पाँच पुगेको छ । ७२ महिला र ३३ पुरुषको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ […]

The post जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या एक सय ५७ पुग्यो appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी ३७५ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

जाजरकोटमा मृत्यु हुनेको संख्या एक सय पाँच पुगेको छ । ७२ महिला र ३३ पुरुषको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । २७ महिला र २५ पुरुषको मृत्यु भएको जानकारी दिइएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, नेपालगन्जको भेरी अस्पताल र काठमाडौंको शिक्षण अस्पतालका साथै जिल्ला अस्पतालहरुमा घाइतेको उपचार भइरहेको हो ।

The post जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या एक सय ५७ पुग्यो appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/feed/ 0
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय २८ जनाको मृत्यु https://globalhuff.com/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b0-%e0%a4%b0%e0%a5%81/ https://globalhuff.com/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b0-%e0%a4%b0%e0%a5%81/#respond Sat, 04 Nov 2023 03:08:48 +0000 https://globalhuff.com/?p=4877 रुकुम पश्चिम । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको […]

The post भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय २८ जनाको मृत्यु appeared first on click here for news and your latest product/software discount.

]]>
रुकुम पश्चिम । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।

घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

The post भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय २८ जनाको मृत्यु appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b0-%e0%a4%b0%e0%a5%81/feed/ 0
प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टिमलाई बधाई https://globalhuff.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf/ https://globalhuff.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf/#respond Fri, 03 Nov 2023 11:48:19 +0000 https://globalhuff.com/?p=4869 काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका […]

The post प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टिमलाई बधाई appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

The post प्रधानमन्त्री दाहालले दिए नेपाली क्रिकेट टिमलाई बधाई appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf/feed/ 0
भारतमा सवारी दुर्घटनामा परेर सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु https://globalhuff.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ https://globalhuff.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/#respond Fri, 03 Nov 2023 11:32:42 +0000 https://globalhuff.com/?p=4864 सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका […]

The post भारतमा सवारी दुर्घटनामा परेर सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु appeared first on click here for news and your latest product/software discount.

]]>
सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए ।

उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको जानकारी भन्ने खबर पाएको अध्यक्षले बताए । आफन्तले शव बुझ्ने तयारी गरेको उनले बताए । सिजनको परिवार रोजगारीका लागि भारतमा बस्ने गरेका थिए ।

The post भारतमा सवारी दुर्घटनामा परेर सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/feed/ 0
यूएईलाई हराउँदै नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट https://globalhuff.com/%e0%a4%af%e0%a5%82%e0%a4%8f%e0%a4%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a4%b6/ https://globalhuff.com/%e0%a4%af%e0%a5%82%e0%a4%8f%e0%a4%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a4%b6/#respond Fri, 03 Nov 2023 09:39:25 +0000 https://globalhuff.com/?p=4860 काठमाडौं । नेपाल एक दशक पछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ । विश्वपक एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपाल एसिया छनोटको फाइनलमा पनि […]

The post यूएईलाई हराउँदै नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । नेपाल एक दशक पछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ ।

विश्वपक एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । यस छनोट प्रतियोगिताको उपाधिका लागि नेपाल र ओमान खेल्ने छन् ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो । यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछाने दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक-एक विकेट लिए ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

The post यूएईलाई हराउँदै नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%af%e0%a5%82%e0%a4%8f%e0%a4%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a4%b6/feed/ 0
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य https://globalhuff.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%a7%e0%a5%aa%e0%a5%ac/ https://globalhuff.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%a7%e0%a5%aa%e0%a5%ac/#respond Thu, 02 Nov 2023 05:15:26 +0000 https://globalhuff.com/?p=4851 काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानसँग खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो । नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन […]

The post नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानसँग खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

The post नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%93%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%a7%e0%a5%aa%e0%a5%ac/feed/ 0
सिंगापुरमाथि ८ विकेटले नेपालको सानदार जित https://globalhuff.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a5%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%a8/ https://globalhuff.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a5%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%a8/#respond Mon, 30 Oct 2023 06:37:20 +0000 https://globalhuff.com/?p=4811 काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ । सोमबार प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे […]

The post सिंगापुरमाथि ८ विकेटले नेपालको सानदार जित appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ । सोमबार प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
सिंगापुरका रंगराजनले ३० बलमा एक छक्का र नौ चौकासहित ४६ रन जोडे । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि अविनाश बोहराले डेथ ओभरमा सानदार बलिङ गर्दै तीन विकेट लिए । यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो । नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।

समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

The post सिंगापुरमाथि ८ विकेटले नेपालको सानदार जित appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a5%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%a8/feed/ 0
महासचिव गुटे‍रेस उच्चस्तरीय भेटवार्तामा व्यस्त, राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतासँग भेट https://globalhuff.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%97%e0%a5%81%e0%a4%9f%e0%a5%87%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0-%e0%a4%89/ https://globalhuff.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%97%e0%a5%81%e0%a4%9f%e0%a5%87%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0-%e0%a4%89/#respond Sun, 29 Oct 2023 17:18:17 +0000 https://globalhuff.com/?p=4778 काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भए । उनले आज (आइतबार) राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरे । मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

The post महासचिव गुटे‍रेस उच्चस्तरीय भेटवार्तामा व्यस्त, राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतासँग भेट appeared first on click here for news and your latest product/software discount.

]]>
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भए ।

उनले आज (आइतबार) राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरे ।

मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका छन् ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा रहेका उनले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रसंघ महासचिव गुटेरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

महासचिव गुटेरेस र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरेका थिए । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुगेका गुटेरेसले सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्वनिर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।

महासचिव गुटेरेस र ओली-देउवाबीच छुट्टाछुट्टै भेट

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टाछुटै भेट भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा महासचिव गुटरेसले देउवा र ओलीसँग छुट्टाछुटै भेट गरेका हुन् । देउवासँगको भेटवार्ता पछि उनले ओलीसँग भेट गरे । दुवै नेताका लागि १५-१५ मिनेटको समय छुट्याइएको थियो ।

त्यसअघि गुटेरेसले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरे‍का थिए ।

The post महासचिव गुटे‍रेस उच्चस्तरीय भेटवार्तामा व्यस्त, राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतासँग भेट appeared first on click here for news and your latest product/software discount.

]]>
https://globalhuff.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%97%e0%a5%81%e0%a4%9f%e0%a5%87%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0-%e0%a4%89/feed/ 0