The post न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक appeared first on click here for news and your latest product/software discount.
]]>श्रीलंकामाथिको जितले न्यूजिल्याण्डको १० अंक भएको छ र उ सेमिफाइनल होडमा रहेका पाकिस्तान र अफगानिस्तान भन्दा रनरेटमा अघि छ । ८ अंक रहेको पाकिस्तानले इंग्ल्याण्डसँग र ८ अंक नै रहेको अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।
श्रीलंकालाई हराउने क्रममा न्यूजिल्याण्डले १७२ रनको लक्ष्य खेल सकिन २६.४ ओभर बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।
न्यूजिल्याण्डलाई जिताउन डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए । श्रीलंकाका एञ्जेलो म्याथ्युजले २ तथा दुशमान्था चमिरा र महेश थिकसेनाले समान १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो । उसका लागि कुशल परेराले ५१ रन बनाएका थिए ।
यो हारसँगै श्रीलंका शीर्ष ८ मा रहने संभावन निक्कै कमजोर बनेको छ । विश्वकपको शीर्ष ८ मा रहने टोलीले मात्रै सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् ।
The post न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक appeared first on click here for news and your latest product/software discount.
]]>The post भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा हरिवनको द्वन्द्व पीडित बालगृहले लिने appeared first on click here for news and your latest product/software discount.
]]>चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित बालगृहले १० जनासम्म बालबालिकाको जिम्मेवारी लिने संस्थाकी संस्थापक तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् । हाल उक्त बालगृहमा ३५ जना बालबालिका आश्रित छन् । भुकम्प प्रभावित बालबालिकाको अभिभावकत्व लिन आफूहरु तयार रहेको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले बताएका छन् ।
उक्त बालगृह देशकै उत्कृष्ट मानिन्छ । मधेश आन्दोलन र विभिन्न आन्दोलनमा अभिभावक गुमागएका बालबालिकाले सोही बालगृहबाट पढाइ गरेका छन् ।
The post भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा हरिवनको द्वन्द्व पीडित बालगृहले लिने appeared first on click here for news and your latest product/software discount.
]]>The post सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी appeared first on click here for news and your latest product/software discount.
]]>प्रदेशसभा सदस्यहरूले कर्मचारीको वृत्तिविकासदेखि प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नेसम्मका प्रावधान ऐन बनाउनुपर्ने बताए। श्रेणीविहीन कर्मचारीदेखि विशिष्ट श्रेणीका कर्मचारीको मनोबल बढाउने ऐन आवश्यक भएको उनीहरूले बताए । प्रस्तुत ऐन थप छलफलका निम्ति विषयगत समितिमा लैजानुपर्ने सुझाव दिए।
मुख्यमन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा ऐन बनिनसकेको र अहिले सदनमा बहस गर्ने क्रममै रहेकाले कानुनको अङ्ग नबनेसम्म कर्मचारीको उचित व्यवस्थापनमा समस्या देखिएको बताए। उनले कोशी प्रदेशको बजेट पारित भएकै दिनदेखि नियमसम्मत योजनाहरूको कामले गति लिने प्रतिबद्धता व्यक्त गरे। उनले स्रोतको सुनिश्चितता नभएका योजनाका विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए।
मुख्यमन्त्री कार्कीले नेकपा (एमाले)सँगको सहकार्य आफूले नतोडेको र उक्त दललाई प्रतिपक्षमा नबस्न आग्रह गरे। उनले संविधानको मर्म र भावनाबाट नै पहिचानवादीले गरेका आन्दोलनको सम्बोधन हुने बताए।
प्रश्नोत्तरकालमा मुख्यमन्त्री कार्कीलाई सदस्य रेवतीरमण भण्डारी, सपना दर्जी, रमेशकुमार बस्नेत, बुद्धिकुमार राजभण्डारी, राजन किराती, गोम्बू शेर्पा, छविलाल चुँडाल र रामदेव यादवले प्रश्न गरेका थिए ।
शून्य समयमा समसामयिक विषयमा गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू र राजन किरातीले बोलेका थिए । प्रदेशसभाको अर्को बैठक मङ्सिर ५ गते दिउँसो १ बजे बस्नेछ ।
The post सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी appeared first on click here for news and your latest product/software discount.
]]>The post महिला क्रिकेटमा इन्दुले पाइन् कप्तानको जिम्मेवारी appeared first on click here for news and your latest product/software discount.
]]>गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।
‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो । उहाँँहरुले अफिसियल मेल मार्फत नै जानकारी गराएपश्चात हामीले विशेषत यो सिरिजका लागि इन्दुको कप्तानी परीक्षण र नयाँ पुस्तालाई जिम्मेवारी दिन तयार गर्न खोजेका हौं’, उनले भने ।
इन्दुको कप्तानी सही सावित भए उनले निरन्तरता पाउन सक्ने खड्काले बताए । इन्दुको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा सोनी पाख्रिन नयाँ खेलाडी हुन् । बागमती प्रदेशबाट खेल्दै आएकी विकेटकिपर ब्याटर कञ्चन श्रेष्ठ पनि टिममा अटाएकी छिन् । यसअघि बन्द प्रशिक्षणमा अटाएकी कञ्चनको पनि यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो ।
यस टोलीमा रोमा थापा र संगीता राईले पनि पुनरागमन गरेका छन् । उक्त शृंखलामा नेपाल, यूएई, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
हङकङ सिरिज खेल्ने नेपाली टोली :
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमी विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।
The post महिला क्रिकेटमा इन्दुले पाइन् कप्तानको जिम्मेवारी appeared first on click here for news and your latest product/software discount.
]]>The post निराशामा थिइन् मोडल दिपाशा, विष सेवन गरेर आत्महत्या appeared first on click here for news and your latest product/software discount.
]]>निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत घोषित गरेका हुन् ।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।
त्यसो त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो । बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो । उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन् । ४० जनाको टोली क्यानाडा गएकोमा अधिकांस उतै बसेका थिए भने ५-७ जना मात्रै फर्किएका थिए । फर्किनेमा दीपाशा पनि थिइन् ।
दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।
स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् ।
कलाकारिताभन्दा बाहिरका पुरुषसँग उनी प्रेममा थिइन् ।
दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
The post निराशामा थिइन् मोडल दिपाशा, विष सेवन गरेर आत्महत्या appeared first on click here for news and your latest product/software discount.
]]>The post सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट appeared first on click here for news and your latest product/software discount.
]]>त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।
२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो ।
यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए । पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् । काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।
The post सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट appeared first on click here for news and your latest product/software discount.
]]>The post भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने appeared first on click here for news and your latest product/software discount.
]]>बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
एक साताअघि जाजरकोट केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुलो धनजनको क्षति भएको छ ।
The post भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने appeared first on click here for news and your latest product/software discount.
]]>The post सेनाको हेलिकप्टर नेता बोक्नमै सीमित, भूकम्पपीडितको राहत ढुवानीमा ढिलाइ appeared first on click here for news and your latest product/software discount.
]]>नेपालगन्जमा संकलन भएको राहत सामग्री हवाई मार्गबाट ढुवानी गर्ने व्यवस्था नगर्दा अझैसम्म पनि सयौँ पीडित भोकभोकै खुला आकाशमुनि बस्न बाध्य भएका छन् । सैनिक जहाज र हेलिकप्टर ढुवानी गर्न सकिने सम्भावना हुँदाहुँदै पनि सरकारले ढिलो माध्यमको प्रयोग गरेकाले कयौँ भूकम्प पीडितहरू अझै पनि संकटमा छन् ।
जाजरकोट, रुकुमपश्चिम र सल्यानसहितका जिल्लामा भूकम्प गएर धनजनको ठूलो क्षति भएपछि नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित क्षेत्रमा बारम्बार उडान भर्दै आएका छन् । हेलिकप्टरले राहत बोकेर होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र दलका नेताहरू लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।
नेपालगन्जमा भूकम्पपीडितका लागि संकलन भएको राहत सामग्री स्थल मार्गबाट पठाइँदै आएको छ । यहाँसम्मकी इन्डियन एयरफोर्सको जहाजले नेपालगन्ज ल्याएर छाडेको दुईखेप राहत सामग्रीसमेत नेपालगन्ज विमानस्थलबाट ट्रकबाट ढिलो गरी पठाइयो । नेपाली सेनाले आफ्नो जहाज र हेलिकप्टरबाट राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्याउन सक्थ्यो । तर ट्रकबाट ढुवानी गर्दा पीडितसम्म पुग्न ढिलाइ भयो ।
छिटो ढुवानी गर्न सम्भावना देखिएको हवाई मार्गको साटो सतह मार्गबाट ढिलो गरी राहत सामग्री पठाउन थालेपछि अधिकांश भूकम्प प्रभावितहरू खुला आकाश मुनी रात काट्न बाध्य भएका हुन् । सरकारले आफूसँग भएका ढुवानीका हवाई साधनको परिचालनसमेत नगरेपछि उत्पन्न संकटका कारण खाद्यान्न, ओढ्ने ओछ्याउने न्यानो कपडा र त्रिपालसहितका आधारभूत बस्तु किन्न र खोज्न प्रभावित क्षेत्रका बासिन्दा आफै नेपालगन्ज आउन थालेका छन् ।
हवाई मार्गबाट ढुवानी व्यवस्था नभएपछि ट्रक चालक बुधबार नेपालगन्जको न्यूरोडबाट राहत सामग्री लिएर रुकुम पश्चिम तिर गएका छन् । ठूलो संकटमा परेका भूकम्प पीडितलाई आवश्यकता अनुरूप निष्पक्ष ढंगले राहत पुर्याउनु पर्ने बेलामा पक्षपात र विभेद सहनुपरको पीडितको गुनासो छ ।
भएका सरकारी हेलिकप्टर र जहाजले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बोक्न थालेपछि विकट क्षेत्रमा राहत पुर्याउन भएको ढिलाइले पीडितहरू थप मर्माहत भएका छन् ।
The post सेनाको हेलिकप्टर नेता बोक्नमै सीमित, भूकम्पपीडितको राहत ढुवानीमा ढिलाइ appeared first on click here for news and your latest product/software discount.
]]>The post यू-१९ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने appeared first on click here for news and your latest product/software discount.
]]>एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा पाकिस्तान सहित भारत र अफगानिस्तान छन् ।
नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो । समूह बीमा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।
यूएईमा हुने एसिया कपमा डिसेम्बर ८ मा पाकिस्तानसँग नेपालले प्रतियोगिताको पहिलो खेल खेल्नेछ । यस्तै, डिसेम्बर १० मा अफगानिस्तान र डिसेम्बर १२ मा भारतसँग नेपालले समूह चरणका खेलहरु खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । मलेसियामा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै प्रतियोगितामा छनोट भएको हो ।
The post यू-१९ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने appeared first on click here for news and your latest product/software discount.
]]>The post भूकम्पपीडितलाई प्रधानन्यायाधीश र न्यायाधीशहरुको सात दिनको तलब appeared first on click here for news and your latest product/software discount.
]]>प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो ।
यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले उच्च अदालतका न्यायाधीशको पाँच दिन, जिल्ला अदालतका न्यायाधीशको तीन दिन, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका अधिकृतको तीन दिन, अन्य अधिकृतस्तरका कर्मचारीको दुई दिन र सहायकस्तरका कर्मचारीको एक दिन बराबरको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।
The post भूकम्पपीडितलाई प्रधानन्यायाधीश र न्यायाधीशहरुको सात दिनको तलब appeared first on click here for news and your latest product/software discount.
]]>