काठमाडौं । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एसिय कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।
यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।
एसिया कपमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
MEN’S ODI ASIA CUP 2023 SCHEDULE (start times to be confirmed in due course):
Group A – Pakistan (A1), India (A2) and Nepal (Nepal will take position of the side, which fails to progress to the Super-4 stage)
Group B – Sri Lanka (B1), Bangladesh (B2) and Afghanistan (Afghanistan will take position of the side, which fails to progress to the Super-4 stage)
30 Aug – Pakistan v Nepal, Multan Cricket Stadium, Multan, Pakistan
31 Aug – Bangladesh v Sri Lanka, Pallekele International Cricket Stadium, Kandy, Sri Lanka
2 Sep – Pakistan v India, Pallekele International Cricket Stadium Kandy, Sri Lanka
3 Sep – Bangladesh v Afghanistan, Gaddafi Stadium, Lahore, Pakistan
4 Sep – India v Nepal, Pallekele International Cricket stadium Kandy, Sri Lanka
5 Sep – Afghanistan v Sri Lanka, Gaddafi Stadium, Lahore, Pakistan
6 Sep – A1 v B2 (Super-4), Gaddafi Stadium, Lahore, Pakistan
9 Sep – B1 v B2 (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
10 Sep – A1 v A2 (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
12 Sep – A2 v B1 (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
14 Sep – A1 v B1 (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
15 Sep – A2 v B2, (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
17 Sep – Final – 1 v 2 (Super-4), R. Premadasa International Cricket Stadium (RPICS), Colombo, Sri Lanka
18 Sep – Reserve day for the final