काठमाडौं । सरकारले ६ नियोगमा राजदूत सिफारिस गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ ।
यस्तै, जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदी सिफारिस भएका छन् । यस्तै सुधीर भट्टराई फ्रान्स र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।
यस्तै सहसचिव तेजबहादुर क्षेत्री यूएई र धनबहादुर वली थाइल्यान्डका लागि राजदूत सिफारिस भएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको स्थायी नियोगका लागि सिफारिस गरिएका थापा बाहेक ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन् ।
अब क्यानडाका लागि राजदूत सिफारिस हुन बाँकी छ ।